नेपालमा पछिल्ला केही वर्षमा डिजिटल मार्केटिङको प्रयोग तीव्र गतिमा बढेको छ। काठमाडौंको न्युरोडका पसलदेखि झम्सिखेलका स्टार्टअपसम्म सबैले फेसबुक पोस्ट बुस्ट गर्ने, इन्स्टाग्राममा विज्ञापन चलाउने र विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन्।
नेपालमा अहिले १
करोड ६० लाखभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन्। यस्तो ठूलो डिजिटल बजार
हुँदाहुँदै पनि धेरै व्यवसायले डिजिटल मार्केटिङमा खर्च गरेको रकमअनुसारको नतिजा
भने प्राप्त गर्न सकेका छैनन्।
यसको मुख्य कारण भनेको धेरै
व्यवसायले डिजिटल मार्केटिङलाई
ग्राहक ल्याउने माध्यम भन्दा पनि विज्ञापन बोर्ड (Billboard) जस्तै मात्र प्रयोग गर्नु हो। फलस्वरूप लाइक, कमेन्ट र भ्युज त बढ्छ, तर बिक्री भने बढ्दैन।
नेपाली व्यवसायले गर्ने सबैभन्दा सामान्य गल्तीहरू :
१. "हाम्रो फेसबुक पेज
नै वेबसाइट हो" भन्ने सोच गल्ती
धेरै व्यवसायले
फेसबुक पेज वा इन्स्टाग्राम अकाउन्टलाई नै आफ्नो सम्पूर्ण डिजिटल उपस्थितिको आधार
बनाएका हुन्छन्। उनीहरूसँग आफ्नै वेबसाइट,
ग्राहकको डाटाबेस वा इमेल सूची हुँदैन। काठमाडौंका धेरै
कपडा पसल, बुटिक, होम बेकरी तथा क्लाउड किचेनहरूले आज पनि अर्डर
लिन केवल इन्स्टाग्राम DM वा फेसबुक म्यासेन्जरमा निर्भर छन्।
यो जोखिमपूर्ण
साबित हुन सक्छ किन भने फेसबुक र इन्स्टाग्राम तपाईंको आफ्नै प्लेटफर्म
होइनन्। तपाईंले आफ्ना फलोअरहरू बनाउनुहुन्छ, तर ती प्लेटफर्मको नियन्त्रण भने Meta सँग हुन्छ। यदि कुनै दिन
एल्गोरिदम परिवर्तन भयो वा तपाईंको पेजमा समस्या आयो भने, तपाईं आफ्ना ग्राहकसम्म पुग्न पनि सक्नुहुन्न।
उदाहरणको लागि:
काठमाडौंको एउटा चर्चित “sneakerkingnepal” स्टोरले आफ्नो सम्पूर्ण व्यापार इन्स्टाग्राममार्फत सञ्चालन गरिरहेको थियो। २०२३ मा
इन्स्टाग्रामले सामान्य फोटो पोस्टभन्दा Reels
लाई बढी प्राथमिकता दिन थालेपछि, फोटो पोस्ट धेरै कम
मानिससम्म पुग्न थाले। यसको परिणामस्वरूप,
उनीहरूको पोस्टको पहुँच (Reach) करिब ६०% ले घट्यो। किनभने
उनीहरूसँग वेबसाइट थिएन, इमेल सूची थिएन र ग्राहकको आफ्नै डाटाबेस पनि थिएन। परिणामस्वरूप बिक्री
उल्लेखनीय रूपमा घट्यो।
समाधान : सामाजिक
सञ्जाललाई अन्तिम गन्तव्य नबनाउनुहोस्। यसलाई ग्राहकलाई आफ्नै वेबसाइट, ल्यान्डिङ पेज वा ग्राहक डाटाबेससम्म ल्याउने
माध्यमका रूपमा प्रयोग गर्नुहोस्। यसरी ग्राहकको जानकारी तपाईंको नियन्त्रणमा
रहन्छ र भविष्यमा कुनै प्लेटफर्म परिवर्तन हुँदा पनि व्यवसाय सुरक्षित रहन्छ।
२. "पूरै नेपाल"
लाई विज्ञापन देखाउने गल्ती
धेरै स्थानीय
व्यवसायले फेसबुक वा इन्स्टाग्राम विज्ञापन चलाउँदा Location मा नेपाल (Countrywide) चयन गर्ने गल्ति गरिरहेका हुन्छन। यो सानो व्यवसायका
लागि सबैभन्दा खर्चिलो गल्तीमध्ये एक हो।
यदि तपाईंको
व्यवसाय एउटा स्थानमा मात्र सञ्चालन हुन्छ भने देशभरिका मानिसलाई विज्ञापन
देखाउनुको कुनै अर्थ हुँदैन। उदाहरणका लागि,
ललितपुरको झम्सिखेलमा रहेको एउटा क्याफेले फेसबुक विज्ञापन
चलायो। उसले Location मा "नेपाल" छानेको थियो। विज्ञापनमा सयौं लाइक आए। तर तीमध्ये
धेरैजसो विराटनगर, धनगढी, महेन्द्रनगर वा
नेपालगञ्जका प्रयोगकर्ताबाट आएका थिए। उनीहरूले लाइक त गरे, तर काठमाडौं आएर कफी पिउने सम्भावना लगभग शून्य
थियो। विज्ञापनको ठूलो बजेट वास्तविक ग्राहक बन्न नसक्ने व्यक्तिमाथि खर्च भयो।
समाधान : यदि तपाईंको व्यवसाय स्थानीय हो भने Radius Targeting प्रयोग गर्नुहोस्। उदाहरणका लागि,
क्याफे, सैलुन, जिम, रेस्टुरेन्ट, क्लिनिक जस्ता व्यवसायले
आफ्नो स्थानबाट २ देखि ५ किलोमिटरभित्र रहेका सम्भावित ग्राहकलाई मात्र विज्ञापन
देखाउनु उपयुक्त हुन्छ।
यसले कम बजेटमा धेरै राम्रो नतिजा दिन सक्छ।
३. ग्राहकको विश्वास
निर्माण नगरी अग्रिम डिजिटल भुक्तानी माग्नु
गल्ती : धेरै नयाँ ई-कमर्स वेबसाइटहरूले ग्राहकलाई सुरुबाटै eSewa, Khalti वा बैंकमार्फत
अग्रिम भुक्तानी गर्न बाध्य बनाउँछन्। Cash on
Delivery (COD) को सुविधा हटाइन्छ ताकि सामान फिर्ता हुने
सम्भावना कम होस्।
किन यसले बिक्री घटाउँछ?
नेपालमा धेरै
ग्राहक अहिले पनि अनलाइन किनमेल गर्दा सतर्क हुन्छन्। उनीहरूका मनमा यस्ता प्रश्न
हुन्छन्—
- फोटोमा देखिएको जस्तै
सामान आउला?
- पैसा तिरेपछि सामान
नआए के गर्ने?
- गुणस्तर राम्रो
ननिस्किए के हुन्छ?
यस्ता शंका
हटाउन सकेसम्म ग्राहकले अग्रिम पैसा तिर्न चाहँदैनन्।
उदाहरण: नेपालको UG Urban
Girl Inc Pvt. Ltd ले यही विश्वास जित्न सफल
भयो। उनीहरूको आफ्नो वेबसाइट पनि छ। उनीहरूले उत्कृष्ट ग्राहक सेवा, स्पष्ट Return
Policy र भरपर्दो Delivery प्रणाली निर्माण गरे। यसले गर्दा ग्राहकहरू
क्रमशः डिजिटल भुक्तानी गर्न पनि सहज महसुस गर्न थाले।
केवल ठूलो
प्रचार गरेर मात्र व्यवसाय सफल हुँदैन। “giftsbysagoon_nepal”
Instagram पेज
ले एक समय निकै ठूलो चर्चा कमाएको थियो। तर उत्पादनले
प्रयोगकर्ताको अपेक्षा पूरा गर्न सकेन। जब मार्केटिङले दिएको वाचा उत्पादनले पूरा गर्न
सक्दैन, ग्राहकको
विश्वास गुम्न धेरै समय लाग्दैन।
समाधान: विश्वास निर्माण गरेर ग्राहकलाई आफैं डिजिटल भुक्तानीतर्फ आकर्षित गराउन , प्राथमिकता दिनुपर्ने कुराहरु:
- Cash on
Delivery को सुविधा उपलब्ध गराउनुहोस्।
- वास्तविक उत्पादनका
तस्बिर प्रयोग गर्नुहोस्।
- स्पष्ट Return Policy राख्नुहोस्।
- ग्राहकका वास्तविक Reviews देखाउनुहोस्।
- समयमै Delivery गर्नुहोस्।
४. लाइक र रिचमै खुसी हुने भ्रम
धेरै व्यवसाय र
केही डिजिटल मार्केटिङ एजेन्सीहरूले "यो महिनामा १ लाख मानिससम्म
पुग्यौं", "१० हजार लाइक आयो", "पोस्ट भाइरल भयो" भन्ने तथ्यांकलाई नै सफलताको मापन मान्छन्।तर यदी ती
लाइकहरू बिक्रीमा परिणत भएको छैनन् भनी व्यवसायलाई कुनै वास्तविक फाइदा दिएको छैन।
लाइक, रिच, कमेन्ट वा शेयरले तपाईंको बैंक खातामा पैसा
थप्दैन। व्यवसायका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ग्राहक, बिक्री (Sales) र लिड (Leads)
हो। यदि विज्ञापनमा हजारौं लाइक आए पनि एउटा पनि ग्राहक आएन
भने त्यो सफल अभियान होइन।
सफल व्यवसायले के गर्छ?
सफल ई-कमर्स प्लेटफर्महरूले
केवल लाइक गन्दैनन्। उनीहरूले यस्तो प्रश्न सोध्छन्—
- एउटा नयाँ ग्राहक
ल्याउन कति खर्च भयो?
- एउटा अर्डरबाट कति
नाफा भयो?
- कुन विज्ञापनले
सबैभन्दा धेरै बिक्री गरायो?
उदाहरणका लागि, Sastodeal जस्ता
प्लेटफर्महरूले Customer Acquisition Cost (CAC) अर्थात् एउटा ग्राहक प्राप्त गर्न कति खर्च भयो
भन्ने तथ्यांकलाई प्राथमिकता दिन्छन्। किनभने व्यवसाय लाइकले होइन, बिक्रीले बढ्छ।
समाधान: अबदेखि यस्तो प्रश्न सोध्ने बानी बसाल्नुहोस्— यो पोस्टमा कति लाइक आयो? भनेर सोध्नु को साटो, "यो विज्ञापनबाट कति बिक्री भयो?" “प्रत्येक बिक्रीका लागि कति खर्च भयो?" भनेर सोध्ने बानी बसाल्नु होस्। यदि कुनै विज्ञापनले धेरै
लाइक ल्यायो तर बिक्री गराउन सकेन भने,
त्यसलाई बन्द गर्नु नै राम्रो हुन्छ।
५. Google मा नदेखिने
व्यवसाय
गल्ती: धेरै नेपाली व्यवसायले Google
Business Profile (पहिले Google
My Business) बनाएका नै हुँदैनन्। उनीहरू फेसबुकमा सक्रिय हुन्छन् तर Google Map मा भने
भेटिँदैनन्।
किन यो ठूलो समस्या हो?
आजकल ग्राहकले
कुनै सेवा खोज्दा फेसबुकभन्दा पहिले Google
खोल्छ। उदाहरणका लागि— Best café near me, Hospital near me, Best restaurant आदि। यस्ता खोजी दिनहुँ हजारौं पटक भइरहेका हुन्छन्। यदि तपाईंको व्यवसाय Google Map मा छैन भने
ग्राहकले तपाईंलाई भेट्ने सम्भावना निकै कम हुन्छ।
वास्तविक उदाहरण: ठमेलका धेरै पुराना
रेस्टुरेन्टहरूले वर्षौंसम्म आफ्नो Google
Business Profile अद्यावधिक गरेनन्। तर नयाँ खुलेका
रेस्टुरेन्टहरूले भने—Google Map मा व्यवसाय दर्ता गरेर , मेनु अपलोड र
ग्राहकका सकारात्मक Reviews संकलन गरे भने विदेशी पर्यटकले "Food
Near Me" खोज्दा पुराना रेस्टुरेन्टभन्दा नयाँ व्यवसायहरू
पहिले देखिन थाले। परिणामस्वरूप धेरै ग्राहक नयाँ व्यवसायतर्फ आकर्षित भए। यसले Google मा नदेखिने व्यवसाय, धेरै ग्राहकका लागि अस्तित्वमै नभएको जस्तै
हुन्छ भनेर पुस्टि गर्छ।
समाधान: हरेक स्थानीय व्यवसायले अनिवार्य रूपमा Google
Business Profile बनाउनुपर्छ। त्यसपछि सही Location, गुणस्तरीय फोटो, सम्पर्क
नम्बर, राख्नुहोस र व्यवसाय खुल्ने समय उल्लेख
गरि ग्राहकलाई Review लेख्न प्रोत्साहित गर्नुहोस्। यसले स्थानीय ग्राहक ल्याउन निकै ठूलो भूमिका
खेल्छ।
सफल डिजिटल मार्केटिङद्वरा व्यवसायलाई बढाउन ध्यान दिनु पर्ने कुरा हरु
१. आफ्नै डिजिटल सम्पत्ति (Digital Asset) बनाउनुहोस्
फेसबुक र
इन्स्टाग्राम उपयोगी छन्, तर ती तपाईंका आफ्ना प्लेटफर्म होइनन्। कम्तीमा , एउटा साधारण वेबसाइट, ल्यान्डिङ पेज, ग्राहकको Email List र SMS
Database बनाएर आफ्नो ग्राहकको जानकारी सुरक्षित राख्नुहोस्।
२. सहि उपभोक्तालाई मात्र लक्षित गर्नुहोस्
यदि तपाईं
क्याफे, सैलुन, जिम वा स्थानीय सेवा सञ्चालन गर्नुहुन्छ भने
देशभर विज्ञापन देखाउनु आवश्यक छैन। तपाईंको व्यवसाय नजिक रहेका सम्भावित
ग्राहकलाई मात्र Target गर्नुहोस्। यसले कम बजेटमा धेरै राम्रो परिणाम दिन्छ।
३. ग्राहकको विश्वास
जित्नुहोस्
ग्राहकको विश्वास जित्न को लाग
·
Cash on
Delivery को सुविधा उपलब्ध
गराउनुहोस्।
- वास्तविक फोटो प्रयोग
गर्नुहोस्।
- स्पष्ट Return Policy राख्नुहोस्।
- वास्तविक ग्राहकका Reviews देखाउनुहोस्।
- समयमै सामान Delivery गर्नुहोस्।
४. लाइक होइन, बिक्री मापन गर्नुहोस्
डिजिटल मार्केटिङको
उद्देश्य लोकप्रिय बन्नु होइन, व्यवसाय बढाउनु हो। त्यसैले हरेक विज्ञापनपछि
यस्तो प्रश्न सोध्नुहोस्—
- कति ग्राहक आए?
- कति बिक्री भयो?
- कति नाफा भयो?
- लगानीको प्रतिफल (ROI) कति आयो?
निष्कर्ष
डिजिटल
मार्केटिङ भनेको फेसबुकमा पोस्ट गर्ने वा विज्ञापन बुस्ट गर्ने मात्र प्रक्रिया
होइन। यसको वास्तविक उद्देश्य सही ग्राहकसम्म पुग्नु, उनीहरूको
विश्वास जित्नु र दीर्घकालीन रूपमा व्यवसायको बिक्री तथा ब्रान्ड मूल्य बढाउनु हो।
आजको प्रतिस्पर्धात्मक डिजिटल बजारमा लाइक, कमेन्ट र भ्युजभन्दा पनि ग्राहक, बिक्री र
लगानीको प्रतिफल (ROI) नै सफलताको वास्तविक मापन हो।
यदि नेपाली व्यवसायहरूले
आफ्नै वेबसाइट वा डिजिटल सम्पत्ति निर्माण गर्ने, सही लक्षित ग्राहकसम्म
विज्ञापन पुर्याउने, ग्राहकको विश्वासलाई प्राथमिकता दिने, Google मा आफ्नो उपस्थिति बलियो बनाउने र तथ्यांकका आधारमा निर्णय गर्ने बानी विकास
गरे भने सीमित बजेटमै पनि उल्लेखनीय व्यवसायिक सफलता हासिल गर्न सक्छन्।
अन्ततःडिजिटल मार्केटिङ खर्च गर्ने माध्यम होइन, सही रणनीतिसहित प्रयोग गर्दा व्यवसायको दिगो विस्तार गर्ने शक्तिशाली लगानी हो। सही योजना, निरन्तर सुधार र ग्राहक केन्द्रित सोच अपनाउन सके नेपाली व्यवसायहरूले स्थानीय बजार मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो बलियो पहिचान स्थापित गर्न सक्छन्।